Friday, December 22, 2017

ME aNd MY sToRY


ME aNd MY sToRY

A new person appear in the mirror,
Indicating my different personality disorder.
Afraid of myself or afraid of failure,
I choose to be idle than to be a warrior.

Running from struggle, choosing way that is easier.
Slowly turning myself into my own life spoiler.

Stuck between forgotten past and unknown future, 
Capable hands without effort , am I being crazier.


Others had moved ahead, I just see barrier,
They become leader, I just become follower.
Worry keeps disturbing, why can't I be happier,
body is healthy but  why  my  mind  is not stronger.



















Saturday, December 16, 2017

कि मेरो मनको भ्रम हो

आँखा त रसाए रसाए, मन पनि किन रुदों हो
मेरो कथा मेरो व्यथा, कसले पो बुझ्दो हो
लाग्छ एक्लो भाछु म, एक्लो एकदम
साँच्चै छु कि म एक्लै, कि मेरो मनको भ्रम हो

होइन म साँच्चै एक्लो भाछु, एक्लो एकदम
काँप्न थाल्दछ शरीर, बढाउन खोज्दा कुनै कदम
मान्दैन मन सम्झाउन खोज्दा, खाली खोज्छ रुन
बितेका पल याद गर्दै भाव विह्वल हुन .

लाग्छ दैबले पनि सबै पीडा मलाई नै दिएको हो
उज्यालो दिई सबैलाई, अन्धकारमा मलाई धकेलेको हो
फूल चुदाएर मेरो जीवनमा कांडाको घारी रोपेको हो
स्वर्ग सुम्पी अरुलाई , नर्कमा मलाई फालेको हो
लाग्छ एक्लो भाछु म, एक्लो एकदम
साँच्चै छु कि म एक्लै, कि मेरो मनको भ्रम हो

शिथिल भाछ शरीर, कायर एकदम मेरो मन
पूरा हुदैनन् कुनै कार्य, बिचमै हुन्छ भग्न
सफल भइएन कहिले जति गरेनी लगन
थाँती नै रह्यो रहर मेरो चुम्ने गगन

लाग्छ एकदम श्रापित छु श्रापित मेरो जीवन
दुख कस्ट अझैं झेल्नुछ सजिलो हुनेछैन मरण
मेरो मात्र जीवनमा डढेलो लगाइएको हो
एक पछि अर्को गर्दै दुखको भाटाले हानेको हो
लाग्छ एक्लो भाछु म, एक्लो एकदम
साँच्चै छु कि म एक्लै, कि मेरो मनको भ्रम हो

अन्जान मित्रता

अन्जानमा नै सुरु भयो, मित्रताको यो नाता
न त नाम थाहा थियो न त अता पता
अनुहार कस्तो, मान्छे कस्तो थिएन थाहा केही
अरु त केही सोचिएन, सोचियो केवल एकछिनको मस्ती

आउँथिन उनी अनलाईन हरेक रातजसो, हुन्थें म पनि
हल्का फुल्का कुरा हुन थाल्यो, मित्रता गाँसियो जानी-नजानी
न त समयको नै बार भयो, न त भयो दुरीको नै
प्रसन्नता भेटघाट र कुराकानीको, झाल्किन थाल्यो प्रस्ट मुहारमै

सुनाउँथिन उनी सबै आफ्ना कुरा, सुन्थें म धेरै जसो
सुझाबको हुन्थ्यो उनको आशा, बन्थें म कत्ति न जान्नेजस्तो
कहिले हुन्थ्यो बच्चा जस्तो मस्ती, कहिले भावनात्मक कुरा
कहिले त आउँथिन आगो भई, लाग्थ्यो हातमा छ छुरा

अन्जानै भएपनि, मन मस्तिष्कमा छाउन थालिन् यसरी
गार्हो हुन थाल्यो काट्न समय उनीसंग कुरा नगरी
यसरी नै कस्सिदै गयो, अन्जान मित्रताको साइनो हाम्रो
जति झगडा भएनी लाग्न थाल्यो मित्रता हाम्रो राम्रो

Friday, June 9, 2017

timro mero sambandha

सुनौलो सपनाको  सुरुवात तिम्रो आगमन संगै
मधुर मुस्कानमा  तिम्रो मोहित भई  परिरहें दंगै।

कस्तो चट्ट सुहाएको ओठको  त्यो कालो कोठी
लठ्ठ परी हेरिरहन्थे  तिम्रा  आँखा ती गुलाबी।

बिस्तारै बिस्तारै भयो कुराकानीको सुरुवात
नसम्झी तिमीलाई मेरो कटेन कुनै रात।

सुनेँ तिम्रो कहानी  सुनाएँ तिमीलाई मेरोपनि
रोजिसकेको थिँए तिमीलाई मेरो मनकी रानी।

गाँसिदै  गयो सम्बन्ध, भयो माया अझ प्रगाढ
लाग्न थाल्यो भाग्यले  राखिदिए ममाथि आफ्नो हात।

दैनिकी  बन्यो दिवाको भेटघाट ,रात्री फेसबुकमा   बार्तालाप
भगवानले नै जुराईदिएको हुनुपर्छ तिम्रो मेरो मिलाप।

रहेन अब डर कुनै , परेन भबिस्यको चिन्तामा अल्झिन
तिम्रो ममा बिश्वाश काफी छ हर पाइलामा सफलता चुम्न।

साथ मेरो यसरीनै दिईराख्नु  हर्दम मेरी प्रिय ,
हुनेछन् हाम्रा जीवनका हरेक पलहरु स्वर्गीय।




Sunday, January 29, 2017

आईन् आज पनि उनी सपनीमा

आईन् आज पनि उनी सपनीमा।
मुसुक्क हाँसिन् पारी मलाई सोचमा।
को हौ तिमी भनी प्रश्न पनि सोधेँ।
तिम्री मायालु भन्छे झन् अलमल्लमा परें।

लजाई लजाई मुख छोप्छे छैन चिनेको।
राम्री छे तर मात्र सपनीमा भेटेको।
छुन खोज्छु झन् पर पर भाग्छिन।
चुप लाएर बस्यो झन् पो जिस्काउछिन। 

बैंस उनको  मोहनी लगाउने।
मुस्कान उनको झन् पागल नै बनाउने।
गुलाफ उनको अगाडि फिक्का लाग्थ्यो।
उनको आगमनले मद्होस मलाई बनाउँथ्यो।

परिन् मलाई जालमा सकिन गर्न काबु।
सोच्न थालेँ कसरी उनलाई आफूमा गाभुं।
प्रतिक्षा मेरो उनको लागी जस्तै लाग्यो।
मेरो सुन्दर संसार सपनामै सजियो। 


Saturday, January 28, 2017

आफैले अहंकारमा आफैलाई जलाईसकेछु


के हो जीवन भन्ने प्रस्नको दोसाँधमा आफैलाई उभ्याईराखेँ।
उत्तर पाईन्छ कि भन्ने आशमा खै कता कता भौतरिरहेँ।
फूल-काँडा समान देखेँ पाईन केही भिन्नता।
आफैलाई उकास्न सक्दिन खै के छ मेरो बाध्यता।
आँखा छन् तर द्रिश्यबिहीन म भैसकेछु।
म आफ्नो लडाई निरन्तर आफैसँग लडिरहेछु।
मैंले आफ्नो अस्तित्व आफैँले भुलाईसकेछु।
आफैले अहंकारमा आफैलाई जलाईसकेछु।

सजायको भागी तर के दिऊँ म आफैँलाई।
 तयार छु भोग्न सबै निर्णय छोड्छु समयलाई।
भगवान् पनि थाकिसके होलान् मलाई साथ दिँदा-दिँदा।
पश्चातापमा जल्न थालेँ भुलै भुलको पहाडले पुरिँदा।
खुशी त्यागिसकेँ बाटो केवल अब दुखलाई अँगाल्ने हो।
गन्तब्यबिहीन यो जिन्दगी खोई कुन मोडमा अड्किने हो।
मैंले आफ्नो अस्तित्व आफैँले भुलाईसकेछु।
आफैले अहंकारमा आफैलाई जलाईसकेछु। 

Tuesday, January 24, 2017

उनको पर्खाइमा अडिक नै भइरहे मेरा पाइला।

घडीको सुईसँगै बढ्दै गयो मेरो हृदयको धड्कन।
अब एकछिनमा त आउँछे भन्दै गरिरहें अड्कन।
सुर्य गएँ भन्दै मसँग बिदावारी लियो।
नआउने हो कि ऊनी भन्ने चिन्ताले मन पिल्सियो।
ताराहरु हामी छौँ नि भन्दै साथ दिन आए।
चिसो हावाका झोक्काहरु अब फर्क भन्दै गए।
तर कहाँ मान्थ्यो बुझ्न नसकिने रहेछ मनको चाला।
उनको पर्खाइमा अडिक नै भइरहे मेरा पाइला।
पर्खिराख्नु आउंछु यही ठाउँमा भन्थी उनी। 
सपना सजाइदिएकी थिई साथ रहने सयौं जुनी। 
सोच अनेकौं उब्जिए तर भएन ठोस  गर्ने अब के। 
किराहरु गुनगुनाउँदै थिए आश अब छोदिदे। 
गाह्रो हुँदो रहेछ सायद चोखो माया पाउन। 
एक्लो बनाई मलाई थाल्यो भयङ्कर सन्नाटा छाउन। 
तर कहाँ मान्थ्यो बुझ्न नसकिने रहेछ मनको चाला।
उनको पर्खाइमा अडिक नै भइरहे मेरा पाइला।
अन्नियन्त्रित भई बढ्दै गयो मनको  बेचैनीपन।
जीवन त सारा उनकै नाममा गरिसकेको थिएँ अर्पण।
कहिलेकाँही ऊनी सामुन्ने आएको झैं भान हुन्थ्यो।
म त तिम्रो मस्तिष्कमा छाएकी तस्बीर हुँ भन्दै बिलाईजान्थ्यो।
सायद पागल नै भईसकेको थिएँ म उनको प्रेममा।
भाग्यले नै इशारा दिदैंथ्यो अब बाच्नु एक्लो उनको यादमा।
तर कहाँ मान्थ्यो बुझ्न नसकिने रहेछ मनको चाला।
उनको पर्खाइमा अडिक नै भइरहे मेरा पाइला।
बिस्तारै-बिस्तारै आशाका किरणहरु थाले डगमगाउन।
कोशिश गरेँ तर सकिन उनीसँग बिताएका पल भुलाउन।
आँखाहरु पनि अब त हुन थालिसकेका थिए थकित।
सायद ऊनीबाट पहिलेनै भैसकेको थिँए तिरस्कृत।
अधुरो नै रहने भयो उनीबिनाको यो जीवन।
असम्भव घोषित हुन थाल्यो अब उनको त्यो आगमन।
 तर कहाँ मान्थ्यो बुझ्न नसकिने रहेछ मनको चाला।
उनको पर्खाइमा अडिक नै भइरहे मेरा पाइला।



Thursday, January 12, 2017

आफैमा रमाउने भएछु उनीसँग लगाएसी प्रीत।



एक्कासि झल्कने त्यो मन्द मुस्कान।
थाकिन्न कहिले गर्दा उनको रुपको बयान।
चन्चल चुलबुल चमचम गर्ने मनको पारा।
बनिसकिछे ऊनी मेरा आँखाका तारा।
बिना लय आफ्नै शब्द रचनामा गाईन्छ गीत।
आफैमा रमाउने भएछु उनीसँग लगाएसी प्रीत।

एक्लो हुँदा नि एक्लो आभाष नहुने।
छिन छिनमा खै कता हराईने।
आफ्नै सुन्दर सँसारमा मग्न।
थालें उनको यादमा हर्पल भुलिन।
लाग्दैन मन उनीबाहेक आजकल कोइ अरुसित।
आफैमा रमाउने भएछु उनीसँग लगाएसी प्रीत।





Monday, January 9, 2017

ऊ हेर परबाट आउँदैछे मायालु तिम्री



तिम्रो बर्षों लामो पर्खाईको पिडा मेटाउन।
एक नजर उनको पाउन लालयित बनेका
तिम्रा आँखाका रहर मेटाउन।
कोसौं टाढाको दुरी पार गर्दै।
एक एक पल बेछोड़मा पानीसरी
बगाएका अनमोल ती आँसु  पुछ्दै।
(ऊ हेर परबाट आउँदैछे मायालु  तिम्री) २

एउटा हातमा झोला, अर्को हातमा मोबाइल समाउदै।
बाटोमा अनगिन्ति ढुङ्गारूपी छरिएका बाधा अड्चनले
दिदै गरेका ती  चोटको प्रवाह नगरी।
गुलाबी ती ओठबाट मधुर मुस्कान छर्दै।
सदाको लागी तिम्रो साथ दिन
तिम्रो मायामा कसैले प्रस्न चिह्न उठाउन नसक्ने गरी।
(ऊ हेर परबाट आउँदैछे मायालु  तिम्री) २

टक टक टक टक सार्हो कालो हिल जुत्तामा
बन्धित गोरा गोरा ती कोमल पाउको हिडाइँ।
क्षणिक् क्षणिक् भई छिन छिनमा बज्दै
सुसेली रहेको हावासँग तालमेल मिलाउदै।
रेशमी ती लामा लामा कपाल
हावामा फरर लहराउँदै।
(ऊ हेर परबाट आउँदैछे मायालु  तिम्री) २

मनका वेदना मनमै गुम्स्याई दैनिकी
बनेको जीवनको लेखालाई
आफ्नो माया पिरतीको आस्थाले तोड्दै।
हरेक  सुख दुखमा साथ दिई
जन्मौ जन्मौ सँगै बाँच्ने सँगै मर्ने
ती वाचा कसमलाई आत्मसाथ गर्दै।
(ऊ हेर परबाट आउँदैछे मायालु  तिम्री) २