घडीको सुईसँगै बढ्दै गयो मेरो हृदयको धड्कन।अब एकछिनमा त आउँछे भन्दै गरिरहें अड्कन।सुर्य गएँ भन्दै मसँग बिदावारी लियो।नआउने हो कि ऊनी भन्ने चिन्ताले मन पिल्सियो।ताराहरु हामी छौँ नि भन्दै साथ दिन आए।चिसो हावाका झोक्काहरु अब फर्क भन्दै गए।तर कहाँ मान्थ्यो बुझ्न नसकिने रहेछ मनको चाला।उनको पर्खाइमा अडिक नै भइरहे मेरा पाइला।पर्खिराख्नु आउंछु यही ठाउँमा भन्थी उनी।सपना सजाइदिएकी थिई साथ रहने सयौं जुनी।सोच अनेकौं उब्जिए तर भएन ठोस गर्ने अब के।किराहरु गुनगुनाउँदै थिए आश अब छोदिदे।गाह्रो हुँदो रहेछ सायद चोखो माया पाउन।एक्लो बनाई मलाई थाल्यो भयङ्कर सन्नाटा छाउन।तर कहाँ मान्थ्यो बुझ्न नसकिने रहेछ मनको चाला।उनको पर्खाइमा अडिक नै भइरहे मेरा पाइला।
अन्नियन्त्रित भई बढ्दै गयो मनको बेचैनीपन।
जीवन त सारा उनकै नाममा गरिसकेको थिएँ अर्पण।
कहिलेकाँही ऊनी सामुन्ने आएको झैं भान हुन्थ्यो।
म त तिम्रो मस्तिष्कमा छाएकी तस्बीर हुँ भन्दै बिलाईजान्थ्यो।
सायद पागल नै भईसकेको थिएँ म उनको प्रेममा।
भाग्यले नै इशारा दिदैंथ्यो अब बाच्नु एक्लो उनको यादमा।
तर कहाँ मान्थ्यो बुझ्न नसकिने रहेछ मनको चाला।
उनको पर्खाइमा अडिक नै भइरहे मेरा पाइला।
बिस्तारै-बिस्तारै आशाका किरणहरु थाले डगमगाउन।
कोशिश गरेँ तर सकिन उनीसँग बिताएका पल भुलाउन।
आँखाहरु पनि अब त हुन थालिसकेका थिए थकित।
सायद ऊनीबाट पहिलेनै भैसकेको थिँए तिरस्कृत।
अधुरो नै रहने भयो उनीबिनाको यो जीवन।
असम्भव घोषित हुन थाल्यो अब उनको त्यो आगमन।
तर कहाँ मान्थ्यो बुझ्न नसकिने रहेछ मनको चाला।
उनको पर्खाइमा अडिक नै भइरहे मेरा पाइला।
No comments:
Post a Comment