अन्जानमा नै सुरु भयो, मित्रताको यो नाता
न त नाम थाहा थियो न त अता पता
अनुहार कस्तो, मान्छे कस्तो थिएन थाहा केही
अरु त केही सोचिएन, सोचियो केवल एकछिनको मस्ती
आउँथिन उनी अनलाईन हरेक रातजसो, हुन्थें म पनि
हल्का फुल्का कुरा हुन थाल्यो, मित्रता गाँसियो जानी-नजानी
न त समयको नै बार भयो, न त भयो दुरीको नै
प्रसन्नता भेटघाट र कुराकानीको, झाल्किन थाल्यो
प्रस्ट मुहारमै
सुनाउँथिन उनी सबै आफ्ना कुरा, सुन्थें म धेरै
जसो
सुझाबको हुन्थ्यो उनको आशा, बन्थें म कत्ति न
जान्नेजस्तो
कहिले हुन्थ्यो बच्चा जस्तो मस्ती, कहिले
भावनात्मक कुरा
कहिले त आउँथिन आगो भई, लाग्थ्यो हातमा छ छुरा
अन्जानै भएपनि, मन मस्तिष्कमा छाउन थालिन् यसरी
गार्हो हुन थाल्यो काट्न समय उनीसंग कुरा नगरी
यसरी नै कस्सिदै गयो, अन्जान मित्रताको साइनो
हाम्रो
जति झगडा भएनी लाग्न थाल्यो मित्रता हाम्रो
राम्रो
No comments:
Post a Comment