Saturday, October 2, 2021

Good company

Splendid the gift with love
Your company have given
To meet wonderful guys like you
Its my good fate god has written

With just glimpse of your memory
My worries and sorrow be bygone.
Happiness shower as I meet you in person
Wonder what good I have ever done
Being blessed with you as my companion
When I am such a careless psycho moron.

Inadequate the words are and always will be
For describing your greatness, the never ending process.
Always ready to help, always be on the side.
Support whatever the cost, accept how hard is the ride.
No matter what the obstacle, provide strength easing to tackle.
Just like a wonderful  miracle, with golden heart you always sparkle.
So much you have done for me,so much helped to passed through.
Wherever I go,whatever I do, I will remain always indebted to you.

टाढा -टाढा

टाढा -टाढा पुगिसकेछौ तिमी म बाट कोसौँ टाढा।
अँगाली अर्कैको मायालाई रोज्यौ बिछोडका बाटा।

गएछौ तिमी हात मेरो छोडी, अरुको लागि मलाई भुलेर।
सारा वचन कसम तोडी , सपना   सारा चकनाचूर पारेर।
धिक्कारी हाम्रो सम्बन्धलाई,  सदाको लागि बिदा दिएर।
अँगालेछौ तिमीले  पराईलाई, मलाई  पराई  ठानेर।

टाढा -टाढा पुगिसकेछौ तिमी म बाट कोसौँ टाढा।
अँगाली अर्कैको मायालाई रोज्यौ बिछोडका बाटा।

नजिकिएका थियौँ एकदम तर फेरी दुरी बनाईदियौ।
साथ चल्ने सोचेको  कदम  सदाको लागि  रोकिदियौ।
उज्यालो छर्ने आश देखाई जीवन अन्धकारमय बनाईदियौ।
खुशी दिन्छु भन्थ्यौ तर  रुवाई मलाई बिचैमा छाडीगयौ। 

टाढा -टाढा पुगिसकेछौ तिमी म बाट कोसौँ टाढा।
अँगाली अर्कैको मायालाई रोज्यौ बिछोडका बाटा।

Friday, October 1, 2021

असोज १६ , २०७८ शनिवार 


हरेक त्यो प्रहर, शान्त पार्न खोज्दै सबैको कहर। 

रोदनसँगै मनको कारुणिक चित्कार सुनिदिने।।

मुहारमा  हाँसोको बौछार, मनमा खुसीको लहर। 

बनाई प्रफुल्लित सबैलाई हर्षोलाशको बीज छरिदिने।।

पुछी आँशुका थोपा, गरी सहयोग खोल्न व्यथाका पोका। 

पीडादायी नयनका हेराई, शोकाकुल मुहारको भाव बुझिदिने।।

रुपरङ्ग लाग्छ हुन् अप्सरा, दिन दुखीको भरपर्दो सहारा।।

सजाई आँखामा सपना, लक्ष्यतर्फ चल्न प्रोत्साहित गरिदिने।।

देख्छु किन मुहार तिम्रो मलिन, खुशी आफ्नै समाप्त पार्न तल्लीन। 

आशाका  किरण देख्न छाडेछौ, एक्लो पारी आफैलाई सबै त्यागेछौ।।

चोट आफैलाई दिई दिर्घकालिन, हुँदैछौ आज आफै  कष्टको अधीन। 

दलदलमा आफै फस्दै जादैँछौ,पहिचान आफ्नो सबै मेटाउँदैछौ।।

सबै दुख-पीडा गुम्स्याई मनमा, डढेलो लगाई आफ्नो जीवनमा। 

समयको पर्वाह गर्न छाडेछौ, विश्वास आफ्नो आफैमा गुमाएछौ ।।

सपनाको सट्टा आँशुको नदी आँखामा, फुट्छन बोली मात्र कारुणिक भावमा 

चन्चल स्वभाव उदासीन बनाएछौ, संसारलाई जिताउने आज आफै हार्दैछौ।।





Monday, December 24, 2018

त्यो क्षण

त्यो क्षण झन् -झन्  आत्तिएको मेरो मन
के भनुँ कसरी भनुँ प्रस्नहरुको भइरह्यो आक्रमण
धक् -धक्  धक् -धक् धड्किरह्यो हृदयको धड्कन
सम्झना आई उनको पिरोल्न थाल्यो  झन् झन्।

मध्य रात्री समय भयो भोक, प्यास , निद्रा सबै बिलीन
ओल्टो-पोल्टो  पल्टिदैं  भइरहेँ  उनकै   यादमा तल्लीन
मोबाइलमा फोटो उनको हेरेर याद मेटाउन खोजेँ
हँसिलो मुहार देखेर उनको एक्कासि मसक्क मस्कें।

सोचेको थिँए अब त अत्ति भो गर्नुपर्छ प्रेम-प्रस्ताब
खोल्नुपर्छ उनीसामु सँगालिरहेको सबै हृदयको भाव
कहिले गरौँ कसरी, बढ्दै गयो झन् -झन्  तनाव
मात्र प्रस्नहरुको झटारो, भएन कुनै प्रश्नको जवाफ।

निकालें कागज र कलम, सोचेँ लेखौँ कि प्रेमपत्र
फुरेन शब्द केही, परिरहेँ अक्क  न बक्क
I Love You मात्र भनेर उनलाई  मेसेज नि लेखेँ
मानेन मन भेटेरै भन्छु सोचेर फेरी मेसेज मेटें। 

Sunday, September 30, 2018

लक्ष्यबिहीन यात्री म

लक्ष्यबिहीन यात्री म
अन्जान छ बाटो
खै कुन बाटो रोज्छु
घुमीफिरी कुन अन्जान ठाउँमा पुग्छु
अरुहरु कहाँ पुगिसके
आफु पर्यो लाटो
प्रयास अनेक गर्छु
तर कन्लोमुनिको भ्यागुताझैँ
विफल मात्र हुन्छु।

कति घुम्ती यस्तो आउछ
लिई जान्छ साटो
हिम्मत बटुल्छु
जति बाधाअड्चन आएनी अघि बढ्न खोज्छु
हरेक क्षण संघर्ष
कहिले लाग्छ जिन्दगी घाडो
मनको पीर मनमै मार्छु
अरुको खुशी मा नै
म प्रफुल्लित हुन्छु।

धेरै कुरा भोगिन्छ
देखिन्छ जिन्दगीको अनेक पाटो
गल्तिहरु सकेसम्म सच्याउछु
अरुले जे सुकै भनोस
सही कुरालाई सही नै भन्छु
सम्बन्धहरु कति गाँसिए
कतिमा आयो फाटो
बोलीमा होइन व्यवहारमा उतार्छु
तस्बिरमा होइन आफ्नोलाई
म हर्पल हृदयमा सजाउछुँ।

Sourlin Outer
2016.01.16

Friday, September 28, 2018

एक छोटी सि लभ स्टोरी

दैनिकीको कार्यस्थललाई, गन्तब्य बनाई हिँडेका पाईला
देखा परिन् एक दिन उनी, मच्चाई मनमा तहल्का।

एक झल्को मात्र, मात्र  एक झल्को पाएको थिँए त्यो दिन
काफी थियो  त्यो एक झल्को, बनाउन मेरो मनलाई उनको अधीन।

थिईनन् उनी सामु तर झझल्को उनको आँखा सामु आई नै रह्यो
को हुन् , कहाँ हो ठेगाना भन्ने प्रश्नले दिनभरी सताई नै रह्यो।

सम्झी चुम्-चुम् गर्न थाल्यो मन,  सकिन रातमा निदाउन पनि
बल्ल-बल्ल मनाए मनलाई, दिई दिलाशा आउनसक्छ उनको मिठो सपनी।

स्वागत गरेँ हृदयदेखी नौलो बिहानीको आगमनलाई   मुस्कानका साथ
खुशी छाऊँदै थियो  भित्र भित्रै ,देखिँदै थियो माया उभ्रियको छाँट-काँट।

तयार भई निस्केँ कार्यस्थलतिर, भेटिइनछिन की फेरी उनी भन्ने आशमा
मनमा मेरो राज गर्ने रानी बनी  निस्की, उही समय रानीबारी मार्गमा।

सेतो टि-शर्ट निलो  जिन्स लगाई, कन्भर्स  शूजका साथ पाइला बढाउँदै
घुम्रिएको कालो केश हावामा लहराई , हँसिलो मुहारले  मन मेरो लोभ्याउँदै,

म थिएँ वारी उनी थिईन पारी, मात्र केही कदम थियो हामीबीचको दुरी
कहिलेकाहिँ अवरोध  गाडीहरुको सवारी  नत्र जुध्थ्यो नजर घरी -घरी।

वार्तालाप मात्र नयनको भयो, सकिन उनको सामु गएर प्रतक्ष बोल्न
भावना  मनको मनमै रह्यो, सकिन उनको सामु गएर मनको भाव पोख्न।

लक्ष्मणरेखाझैं कोरिएको थियो सडक बिचमा, न त उनले न त मैंले पार गरेँ
केही पाईला सँगै हिडेंपछि छुटिईन उनी, मन - मनै मैंले बाई -बाई भनेँ।

यस्तै सिलसिला चलिरह्यो केही दिन, त्यही समय त्यही ठाउँमा देखापर्ने
केही नबोली सँगै त्यही बाटो हिड्ने, अनि त्यही ठाउँबाट सधैँ छुटिइने।

देखापर्न छाडिन् केही दिनपछि, नयनले उनलाई यता उता खोजिनैरह्यो
फेरी साथ दिन आउँछिन् कि भन्ने आशमा पाईलाहरु त्यही बाटोतिर दोहोरिनैरह्यो।


sourlin outer
2075.06.12











































Friday, September 21, 2018

के भयो कुन्नि

के भयो कुन्नि मलाई फेरी उनकै याद आउदैछ
उनले छोडी गएनी उनकै पर्खाइमा यो जीवन  बितिरहेछ।
उनले दिएको चोटलाई बिर्सेर
मनमा फेरी माया बोकेर
उनले मलाई चाहने आशमा
फेरी खुशी छाउने विश्वासमा
किन हो कुन्नि फेरी  उनलाई नै चाहन थाल्दैछु
उनले छोडी गएनी  उनकै पर्खाइमा यो जीवन बिताउँदैछु।
अतितका सारा कुरालाई भुलेर
उनलाई नै हृदयभरी सजाएर
उनी फेरी फर्कने आशमा
मप्रति उनको माया गाढ़िने विश्वासमा
कहिले  हो कुन्नि फेरी उनलाई आफ्नो ठानिसकेछु
उनले छोडी गएनी उनकै पर्खाइमा यो जीवन बिताईरहेछु।

sourlin outer
2075.06.06