Monday, December 26, 2016

आकाश गडगड़्याएर जब पानी बर्सन्छ।



आकाश गडगड़्याएर  जब पानी बर्सन्छ।
तब तिम्रोमात्र सम्झनाले यो मनलाई सताउछ।
आँसु मेरा बग्न थाल्छन पानीझैँ।
को हुँ भनेर बिर्सन्छु आफुलाइनै।

तिमी त गई हालयौ मलाई छोडेर।,
हाँसो सबै लिई आँसु सबै दिएर।
ओछ्यानमा पल्टिरहन्छु तर निदाउन कहिले सकिएन।
केही नखाई बस्छु तर भोक कहिले लागेन। .

दुःखको पलहरु  मेरो लागी कहिले रोकिएन।
शान्ति खोज्छु मनमा तर कहिले पाइएन।
बिर्सन्छु भनथे तिमीलाई सधैंलाई  सक्दै  सकिएन।
तिमीसँगको बिछोड्ले मनमा कहिले खुसी ल्याएन।

दुःख सुख गरी  बाँचेका  थियों।
आफ्नो जीवन एक अर्कालाई सांचेका थियों।
तर किन मेरो मायालाई धिक्कारी दियौ।
यो संसारमा मलाई एक्लो बनाईदियौ।

मायालु तिमीलाई धेरै माया गरेँ, धेरै बिस्वास गरेँ।
तिमीले मलाई छोडी गयौ अनि एक्लै रुन थालेँ।
पल पल मेरो लागी नरकमय भयो।
मृत्यु पर्खनु नै मेरो केवल  बिकल्प बन्यो।

कसमहरु सारा तोडिदियौ।
तिमीले मलाई  भुलाइदियौ।
साथ होइन तिमीले बिछोड  दियौ।
तिमीले मलाई पराई बनायौ।


Sourlin Outer
2005