Monday, December 24, 2018

त्यो क्षण

त्यो क्षण झन् -झन्  आत्तिएको मेरो मन
के भनुँ कसरी भनुँ प्रस्नहरुको भइरह्यो आक्रमण
धक् -धक्  धक् -धक् धड्किरह्यो हृदयको धड्कन
सम्झना आई उनको पिरोल्न थाल्यो  झन् झन्।

मध्य रात्री समय भयो भोक, प्यास , निद्रा सबै बिलीन
ओल्टो-पोल्टो  पल्टिदैं  भइरहेँ  उनकै   यादमा तल्लीन
मोबाइलमा फोटो उनको हेरेर याद मेटाउन खोजेँ
हँसिलो मुहार देखेर उनको एक्कासि मसक्क मस्कें।

सोचेको थिँए अब त अत्ति भो गर्नुपर्छ प्रेम-प्रस्ताब
खोल्नुपर्छ उनीसामु सँगालिरहेको सबै हृदयको भाव
कहिले गरौँ कसरी, बढ्दै गयो झन् -झन्  तनाव
मात्र प्रस्नहरुको झटारो, भएन कुनै प्रश्नको जवाफ।

निकालें कागज र कलम, सोचेँ लेखौँ कि प्रेमपत्र
फुरेन शब्द केही, परिरहेँ अक्क  न बक्क
I Love You मात्र भनेर उनलाई  मेसेज नि लेखेँ
मानेन मन भेटेरै भन्छु सोचेर फेरी मेसेज मेटें।