Sunday, September 30, 2018

लक्ष्यबिहीन यात्री म

लक्ष्यबिहीन यात्री म
अन्जान छ बाटो
खै कुन बाटो रोज्छु
घुमीफिरी कुन अन्जान ठाउँमा पुग्छु
अरुहरु कहाँ पुगिसके
आफु पर्यो लाटो
प्रयास अनेक गर्छु
तर कन्लोमुनिको भ्यागुताझैँ
विफल मात्र हुन्छु।

कति घुम्ती यस्तो आउछ
लिई जान्छ साटो
हिम्मत बटुल्छु
जति बाधाअड्चन आएनी अघि बढ्न खोज्छु
हरेक क्षण संघर्ष
कहिले लाग्छ जिन्दगी घाडो
मनको पीर मनमै मार्छु
अरुको खुशी मा नै
म प्रफुल्लित हुन्छु।

धेरै कुरा भोगिन्छ
देखिन्छ जिन्दगीको अनेक पाटो
गल्तिहरु सकेसम्म सच्याउछु
अरुले जे सुकै भनोस
सही कुरालाई सही नै भन्छु
सम्बन्धहरु कति गाँसिए
कतिमा आयो फाटो
बोलीमा होइन व्यवहारमा उतार्छु
तस्बिरमा होइन आफ्नोलाई
म हर्पल हृदयमा सजाउछुँ।

Sourlin Outer
2016.01.16

Friday, September 28, 2018

एक छोटी सि लभ स्टोरी

दैनिकीको कार्यस्थललाई, गन्तब्य बनाई हिँडेका पाईला
देखा परिन् एक दिन उनी, मच्चाई मनमा तहल्का।

एक झल्को मात्र, मात्र  एक झल्को पाएको थिँए त्यो दिन
काफी थियो  त्यो एक झल्को, बनाउन मेरो मनलाई उनको अधीन।

थिईनन् उनी सामु तर झझल्को उनको आँखा सामु आई नै रह्यो
को हुन् , कहाँ हो ठेगाना भन्ने प्रश्नले दिनभरी सताई नै रह्यो।

सम्झी चुम्-चुम् गर्न थाल्यो मन,  सकिन रातमा निदाउन पनि
बल्ल-बल्ल मनाए मनलाई, दिई दिलाशा आउनसक्छ उनको मिठो सपनी।

स्वागत गरेँ हृदयदेखी नौलो बिहानीको आगमनलाई   मुस्कानका साथ
खुशी छाऊँदै थियो  भित्र भित्रै ,देखिँदै थियो माया उभ्रियको छाँट-काँट।

तयार भई निस्केँ कार्यस्थलतिर, भेटिइनछिन की फेरी उनी भन्ने आशमा
मनमा मेरो राज गर्ने रानी बनी  निस्की, उही समय रानीबारी मार्गमा।

सेतो टि-शर्ट निलो  जिन्स लगाई, कन्भर्स  शूजका साथ पाइला बढाउँदै
घुम्रिएको कालो केश हावामा लहराई , हँसिलो मुहारले  मन मेरो लोभ्याउँदै,

म थिएँ वारी उनी थिईन पारी, मात्र केही कदम थियो हामीबीचको दुरी
कहिलेकाहिँ अवरोध  गाडीहरुको सवारी  नत्र जुध्थ्यो नजर घरी -घरी।

वार्तालाप मात्र नयनको भयो, सकिन उनको सामु गएर प्रतक्ष बोल्न
भावना  मनको मनमै रह्यो, सकिन उनको सामु गएर मनको भाव पोख्न।

लक्ष्मणरेखाझैं कोरिएको थियो सडक बिचमा, न त उनले न त मैंले पार गरेँ
केही पाईला सँगै हिडेंपछि छुटिईन उनी, मन - मनै मैंले बाई -बाई भनेँ।

यस्तै सिलसिला चलिरह्यो केही दिन, त्यही समय त्यही ठाउँमा देखापर्ने
केही नबोली सँगै त्यही बाटो हिड्ने, अनि त्यही ठाउँबाट सधैँ छुटिइने।

देखापर्न छाडिन् केही दिनपछि, नयनले उनलाई यता उता खोजिनैरह्यो
फेरी साथ दिन आउँछिन् कि भन्ने आशमा पाईलाहरु त्यही बाटोतिर दोहोरिनैरह्यो।


sourlin outer
2075.06.12











































Friday, September 21, 2018

के भयो कुन्नि

के भयो कुन्नि मलाई फेरी उनकै याद आउदैछ
उनले छोडी गएनी उनकै पर्खाइमा यो जीवन  बितिरहेछ।
उनले दिएको चोटलाई बिर्सेर
मनमा फेरी माया बोकेर
उनले मलाई चाहने आशमा
फेरी खुशी छाउने विश्वासमा
किन हो कुन्नि फेरी  उनलाई नै चाहन थाल्दैछु
उनले छोडी गएनी  उनकै पर्खाइमा यो जीवन बिताउँदैछु।
अतितका सारा कुरालाई भुलेर
उनलाई नै हृदयभरी सजाएर
उनी फेरी फर्कने आशमा
मप्रति उनको माया गाढ़िने विश्वासमा
कहिले  हो कुन्नि फेरी उनलाई आफ्नो ठानिसकेछु
उनले छोडी गएनी उनकै पर्खाइमा यो जीवन बिताईरहेछु।

sourlin outer
2075.06.06

Monday, September 10, 2018

सकिनँ मैंले भन्न कहिले


सकिनँ  मैंले भन्न कहिले
गर्छु तिमीलाई माया भनी
जुनी -जुनी हरेक जुनी
पाईला -पाईलामा साथ दिन्छु भनी।

कोशिश कैयौं मैंले नगरेको होइन
तिम्रोसामु मनका मेरा भाव पोख्न
हरेक क्षण धड्किने तिम्रोलागी
धड्कन यो हृदयको तिमीलाई सुनाउन।

तर भाग्यको बिडम्बना भनौँ
या त कमी ममा आत्मविश्वासको
चाहेर पनि असफल नै रहेँ
पोख्न तिम्रोसामु भावना यो मनको।

मनको भाव मनमै गुम्सिनैरह्यो
दुरी तिम्रो मेरो बीच बढ्दै गयो
सपनाको संसार मात्र रह्यो साथमा
बित्ने भयो यो जीवन एक्लोपनमा।

Sourlin Outer
2075.05.26