दैनिकीको कार्यस्थललाई, गन्तब्य बनाई हिँडेका पाईला
देखा परिन् एक दिन उनी, मच्चाई मनमा तहल्का।
एक झल्को मात्र, मात्र एक झल्को पाएको थिँए त्यो दिन
काफी थियो त्यो एक झल्को, बनाउन मेरो मनलाई उनको अधीन।
थिईनन् उनी सामु तर झझल्को उनको आँखा सामु आई नै रह्यो
को हुन् , कहाँ हो ठेगाना भन्ने प्रश्नले दिनभरी सताई नै रह्यो।
सम्झी चुम्-चुम् गर्न थाल्यो मन, सकिन रातमा निदाउन पनि
बल्ल-बल्ल मनाए मनलाई, दिई दिलाशा आउनसक्छ उनको मिठो सपनी।
स्वागत गरेँ हृदयदेखी नौलो बिहानीको आगमनलाई मुस्कानका साथ
खुशी छाऊँदै थियो भित्र भित्रै ,देखिँदै थियो माया उभ्रियको छाँट-काँट।
तयार भई निस्केँ कार्यस्थलतिर, भेटिइनछिन की फेरी उनी भन्ने आशमा
मनमा मेरो राज गर्ने रानी बनी निस्की, उही समय रानीबारी मार्गमा।
सेतो टि-शर्ट निलो जिन्स लगाई, कन्भर्स शूजका साथ पाइला बढाउँदै
घुम्रिएको कालो केश हावामा लहराई , हँसिलो मुहारले मन मेरो लोभ्याउँदै,
म थिएँ वारी उनी थिईन पारी, मात्र केही कदम थियो हामीबीचको दुरी
कहिलेकाहिँ अवरोध गाडीहरुको सवारी नत्र जुध्थ्यो नजर घरी -घरी।
वार्तालाप मात्र नयनको भयो, सकिन उनको सामु गएर प्रतक्ष बोल्न
भावना मनको मनमै रह्यो, सकिन उनको सामु गएर मनको भाव पोख्न।
लक्ष्मणरेखाझैं कोरिएको थियो सडक बिचमा, न त उनले न त मैंले पार गरेँ
केही पाईला सँगै हिडेंपछि छुटिईन उनी, मन - मनै मैंले बाई -बाई भनेँ।
यस्तै सिलसिला चलिरह्यो केही दिन, त्यही समय त्यही ठाउँमा देखापर्ने
केही नबोली सँगै त्यही बाटो हिड्ने, अनि त्यही ठाउँबाट सधैँ छुटिइने।
देखापर्न छाडिन् केही दिनपछि, नयनले उनलाई यता उता खोजिनैरह्यो
फेरी साथ दिन आउँछिन् कि भन्ने आशमा पाईलाहरु त्यही बाटोतिर दोहोरिनैरह्यो।
sourlin outer
2075.06.12

No comments:
Post a Comment