त्यो क्षण झन् -झन् आत्तिएको मेरो मन
के भनुँ कसरी भनुँ प्रस्नहरुको भइरह्यो आक्रमण
धक् -धक् धक् -धक् धड्किरह्यो हृदयको धड्कन
सम्झना आई उनको पिरोल्न थाल्यो झन् झन्।
मध्य रात्री समय भयो भोक, प्यास , निद्रा सबै बिलीन
ओल्टो-पोल्टो पल्टिदैं भइरहेँ उनकै यादमा तल्लीन
मोबाइलमा फोटो उनको हेरेर याद मेटाउन खोजेँ
हँसिलो मुहार देखेर उनको एक्कासि मसक्क मस्कें।
सोचेको थिँए अब त अत्ति भो गर्नुपर्छ प्रेम-प्रस्ताब
खोल्नुपर्छ उनीसामु सँगालिरहेको सबै हृदयको भाव
कहिले गरौँ कसरी, बढ्दै गयो झन् -झन् तनाव
मात्र प्रस्नहरुको झटारो, भएन कुनै प्रश्नको जवाफ।
निकालें कागज र कलम, सोचेँ लेखौँ कि प्रेमपत्र
फुरेन शब्द केही, परिरहेँ अक्क न बक्क
I Love You मात्र भनेर उनलाई मेसेज नि लेखेँ
मानेन मन भेटेरै भन्छु सोचेर फेरी मेसेज मेटें।

No comments:
Post a Comment